२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्ने उजुरीका आधारमा निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका केही उम्मेदवार तथा एक संस्थासँग स्पष्टीकरण माग गरेको छ।

आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह, सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण पेश गर्न भनिएको हो।

बालेन्द्र साहसँग सामाजिक सञ्जालमा अर्का उम्मेदवार केपी शर्मा ओलीले राखेको सामग्रीमा प्रतिक्रिया जनाएको विषयमा जवाफ मागिएको छ। कमल भुसालको हकमा ‘जेन जेड आन्दोलन’सँग सम्बन्धित जुत्तालाई चुनावी चिन्हका रूपमा प्रचार गरेको विषय आयोगको ध्यानाकर्षणमा परेको जनाइएको छ। हर्क साम्पाङसँग भने चुनावी अभियानका क्रममा बालबालिकाको प्रयोग तथा उनीहरूलाई प्रचार सामग्रीसहितका टिसर्ट लगाइएको विषयमा स्पष्टीकरण सोधिएको छ।

त्यस्तै, महेश बस्नेतसँग अन्य उम्मेदवार बालेन्द्र साहप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप सम्बन्धी विषयमा स्पष्टीकरण माग गरिएको छ। सोही निर्वाचन क्षेत्रका उम्मेदवार जानुका पाठकसँग पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको भन्ने उजुरीका आधारमा आयोगले जवाफ मागेको छ।

यसका अतिरिक्त, स्वास्थ्य स्वयंसेवक संघलाई पनि निर्वाचन आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन आयोजना गरेको विषयमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।