२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस (सूचनासहित)

अ+ अ-

काठमाडौँ । आठ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको सचिवालयले नेपाल कृषि सेवा, एग्री–इकोनोमिक्स तथा मार्केटिङ्ग समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा आठ जना शाखा अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ।

मन्त्रालयद्वारा प्रकाशित संशोधित बढुवा सिफारिस योग्यताक्रमको सूचीअनुसार, सूचना नं. ४७ (०८१/८२) का आधारमा नेपाल कृषि सेवा, एग्री–इकोनोमिक्स तथा मार्केटिङ्ग समूह, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८१ पुष २१ को निर्णयअनुसार सिफारिस योग्यताक्रम निर्धारण गरिएको थियो।

त्यसैगरी, सूचना नं. ९६ (०८१/८२) अनुसार प्रशासन सेवा अन्तर्गत सम्बन्धित समूह र श्रेणीका पदमा कार्यक्षमताका आधारमा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८१ पुष २७ को निर्णयअनुसार सिफारिस योग्यताक्रम निर्धारण गरिएको थियो।

उक्त निर्णयहरूसँग सम्बन्धित विषयमा प्रशासकीय अदालतमा परेको पुनरावेदन (पु.ले.नं. ०८/००४०) मा अदालतबाट मिति २०८२ मंसिर २६ मा भएको फैसला कार्यान्वयन भएपछि संशोधित योग्यताक्रम कायम हुन आएको हो।

सोही अनुसार, बढुवा समितिको हिजो बसेको बैठकले आठ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।