२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्युत् क्षेत्रमा उत्पादनसँगै उपभोग र व्यापार रणनीति आवश्यक’: इप्पान अध्यक्ष कार्की

अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशमा विद्युत् उत्पादन क्षमतामा वृद्धि भइरहे पनि त्यसअनुसार उपभोग, व्यापार र निर्यातका स्पष्ट तथा कार्यान्वयनयोग्य योजना नहुँदा चुनौती देखिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघद्वारा काठमाडौँमा आयोजित ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै उनले ऊर्जा क्षेत्रको दिगो व्यवस्थापनका लागि उत्पादन मात्रै होइन, खपत र बजार विस्तारसम्बन्धी नीतिगत तयारी अपरिहार्य रहेको उल्लेख गरे। उत्पादित विद्युत् आन्तरिक तथा बाह्य बजारमा बिक्री–वितरण गर्न निजी क्षेत्रलाई उपयुक्त अवसर दिनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष कार्कीका अनुसार राजनीतिक दलहरूले आगामी घोषणापत्रमार्फत विद्युत् निर्यात, आन्तरिक खपत र व्यापारसँग सम्बन्धित विद्यमान नीतिहरूको पुनरावलोकन तथा सुधारको प्रतिबद्धता जनाउन आवश्यक छ। यस्ता प्रतिबद्धता कार्यान्वयनमुखी हुनुपर्नेमा उनले जोड दिए।

उनले निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद गर्ने स्पष्ट व्यवस्था हुनुपर्ने वा त्यसो सम्भव नभए परियोजनासम्बन्धी अनुमति पत्रको व्यवस्थापनबारे वैकल्पिक नीति तय गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने कानुनी र नीतिगत आधार निर्माण गर्दै लगानी सुरक्षाका उपायहरू सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।