२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाका मतदानस्थलको सुरक्षा वर्गीकरण सार्वजनिक, २९ अतिसंवेदनशील

अ+ अ-

काठमाडौँ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पा जिल्लामा सञ्चालन हुने निर्वाचनलाई लक्षित गर्दै मतदान स्थलहरूको सुरक्षा अवस्था मूल्यांकन गरी वर्गीकरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर रहेका ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशील श्रेणीमा समावेश गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यका अनुसार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका ५२ मतदानस्थलमध्ये २० वटालाई उच्च जोखिममा राखिएको छ। सोही क्षेत्रका अन्य मतदानस्थलमध्ये २४ वटा संवेदनशील र ८ वटा सामान्य श्रेणीमा रहेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा कुल ६६ मतदानस्थलमध्ये ९ वटालाई अतिसंवेदनशील, २६ वटालाई संवेदनशील तथा ३१ वटालाई सामान्यको रूपमा वर्गीकरण गरिएको छ।

जिल्लाभर रहेका मतदान स्थलमा आवश्यकता अनुसार एकदेखि पाँचवटासम्म मतदान केन्द्र तोकिएको प्रशासनले जनाएको छ। पछिल्लो अद्यावधिक अनुसार पाल्पामा मतदान केन्द्रको संख्या २५१ पुगेको छ। जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार वि.स. २०७९ को निर्वाचनमा २४६ मतदान केन्द्र रहेकामा मतदाता संख्या वृद्धि भएपछि थप केन्द्र स्थापना गरिएको हो।

निर्वाचन कार्यालयका विवरण अनुसार पाल्पा जिल्लामा हाल कुल २ लाख ७ हजार ४३६ मतदाता रहेका छन्। यो संख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार ११० ले वृद्धि भएको जनाइएको छ। सुरक्षा व्यवस्थापन, मतदान सहजता र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सोहीअनुसार तयारी अगाडि बढाइएको प्रशासनले जनाएको छ।