२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा

अ+ अ-

काठमाडौँ । संविधान सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा (एमाले) बाट अलग भएको घोषणा गरेका छन्। उनले सार्वजनिक रूपमा जारी गरेको लिखित जानकारीमार्फत आफू अब उक्त दलसँग आबद्ध नरहेको स्पष्ट पारेका हुन्।

पार्टीभित्र पछिल्लो समय देखिएको नेतृत्व केन्द्रित सोच, व्यक्ति विशेषको महिमाकरण, निर्णय प्रक्रियामा स्वेच्छाचारिता तथा व्यवहारगत विभेदसँग आफू सहमत हुन नसकेको कारण दल परित्याग गर्ने निष्कर्षमा पुगेको उनको दाबी छ ।

देव लामो समयसम्म एमालेको राजनीतिक संरचनामा सक्रिय थिए। त्यसपछि उनी विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा सहभागी भई संविधान सभा सदस्य बनेका थिए।

उक्त दल नेपाली काँग्रेसमा समाहित भएपछि देव पनि काँग्रेसमै आबद्ध भएका थिए। काँग्रेसको तर्फबाट उनले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका थिए।

राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुन २०८० मा समाप्त भएपछि देव १७ असार २०८१ मा पुनः एमालेमा फर्किएका थिए। तर हाल पुनः उनले एमालेसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको औपचारिक जानकारी दिएका छन्।