२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा प्रवक्ताको टिप्पणी : ‘एमाले कार्यकर्ताको मनोबलमा गिरावट, नयाँ दलको प्रभाव घट्दो’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यकर्ता विगतको तुलनामा यसपटक आत्मरक्षात्मक अवस्थामा देखिएको दाबी गरेका छन्।

पार्टी नेतृत्वको कार्यशैली र रणनीतिक कमजोरीका कारण यस्तो परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

आगामी निर्वाचनको तयारी सन्दर्भमा पार्टीको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रवक्ता सापकोटाले नेकपाले देशभर १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि कार्यकर्ता पंक्तिमा उत्साह र आत्मविश्वास बढेको उल्लेख गरेका छन्।

उनले संगठन विस्तार र जनसम्पर्क अभियान प्रभावकारी रूपमा अघि बढाइएकाले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन्।

सापकोटाले पछिल्लो समय उदाएका राजनीतिक दलहरूको प्रभाव क्रमशः घट्दो अवस्थामा रहेको पनि टिप्पणी गरेका छन्।

विशेष गरी काठमाडौँलगायत सहरी क्षेत्रमा ती दलहरूको लोकप्रियता कम हुँदै गएको उनको आकलन छ। अल्पकालीन प्रचारमुखी गतिविधि र प्रियतावादले दीर्घकालीन राजनीतिक स्थायित्व नदिने धारणा उनले व्यक्त गरेका छन्।

उनले नेकपा जनाधार विस्तार गर्दै क्रमशः स्थापित हुँदै गएको दाबी गर्दै निर्वाचन परिणामले पार्टीको संगठनात्मक उपस्थिति थप सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।