काठमाडौँ । सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका अर्का एक आरोपित पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका आशिष पाल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आशिष पाललाई दुहुँ गाउँपालिकाको जंगलबाट पक्राउ गरिएको हो । यसअघि मंगलबार राति राजेन्द्र डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो ।
घटनामा संग्लन रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।
घटनामा संलग्न रहेका पूजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको प्रहरीले बताएको छ ।







