२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्‍याउन सक्षम नेतृत्व आवश्यक’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्‍याउन सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। 

विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरेका हुन्।

पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको दाबी गरे।

घोराही-तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै पोखरेलले विजौरी-दहवन हुँदै शहीद मार्ग विस्तार, मानपुर-जलकुण्डी सडक स्तरोन्नतिलगायतका योजनाहरू मध्य दाङको विकासका लागि अनिवार्य रहेको उनले बताए। 

स्वास्थ्य क्षेत्रको उपलब्धि उल्लेख गर्दै उनले रिफर सेन्टरका रूपमा रहेका दाङका अस्पतालहरूलाई विकास गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकाश गरिएको बताए। 

पोखरेलले नीति निर्माण र बजेट विनियोजनमा प्रभावकारी पहुँच पुर्‍याउन सक्ने प्रतिनिधि आवश्यक रहेको उल्लेख गरे। 

चुनावी सभामा उनले पार्टीका कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्दै विकास, स्थिरता र समृद्धिको सन्देश मतदातामाझ पुर्‍याउन आग्रह गरे।