२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षा अनुगमनका लागि २३ एसएसपी खटाउँदै सशस्त्र 

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आगामी निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन २३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई देशव्यापी अनुगमन जिम्मेवारीसहित परिचालन गर्ने निर्णय गरेको छ। 

सम्बन्धित अधिकृतहरू सोमबारदेखि आफ्नो कार्यक्षेत्रमा सक्रिय हुने जानकारी सुरक्षा निकायले दिएको छ।

ती अधिकृतहरू प्रधान कार्यालय तथा प्रदेशस्थित बाहिनी मुख्यालयमार्फत परिचालन हुनेछन्। अनुगमन टोलीले निर्वाचनपूर्व, मतदान अवधिभर तथा मतदानपछिको चरणसम्म उत्पन्न हुन सक्ने सुरक्षाजन्य चुनौतीहरूको मूल्यांकन गर्दै आवश्यक समन्वय गर्ने अपेक्षा गरिएको छ।

यसैबीच महानिरीक्षक राजु अर्यालले आइतबार भर्चुअल माध्यमबाट निर्देशन दिँदै निर्वाचन प्रक्रियालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले उम्मेदवार, मतदान केन्द्र, मतदाता तथा मतपेटिकाको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सुरक्षा सूचनाको नियमित संकलन, विभिन्न तहका कमाण्ड संरचनाबीच समन्वय, उम्मेदवारहरूसँग सम्पर्क कायम राख्ने तथा फिल्डमा देखिएका समस्या तत्काल मुख्यालयलाई जानकारी गराउने विषयमा पनि स्पष्ट निर्देशन दिइएको छ। साथै, खटिने सुरक्षाकर्मीले शिष्ट र सेवामुखी व्यवहार कायम राख्न तथा सेवा सुविधासम्बन्धी गुनासो नआउने वातावरण सुनिश्चित गर्न जोड दिइएको छ।

सीमा क्षेत्रको अवस्थाबारे निगरानी बढाउने, बल प्रयोगको अवस्था सिर्जना भए मानवअधिकारको पूर्ण पालना गर्दै आवश्यक प्रमाण सुरक्षित राख्ने तथा निर्वाचन अवरोध गर्न खोज्ने गतिविधि पहिचान गरी कानुनी दायराभित्र रहेर कार्य गर्न मातहत कमान्डरहरूलाई सचेत गराइएको जनाइएको छ।