२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन : जाजरकोटमा ८७९ कर्मचारी परिचालन

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा जाजरकोटमा ८७९ जना कर्मचारी खटाइएका छन्। एक अस्थायी केन्द्रसहित १४७ मतदान केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको निर्वाचन प्रशासनले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार मतदान प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन कर्मचारी परिचालन गरिएको हो। निर्वाचन प्रयोजनका सामग्री जिल्लामा पुर्‍याइसकिएको तथा फागुन १३ र १४ गते खटिने कर्मचारीका लागि अभिमुखीकरण तालिका तय गरिएको छ। जिल्लामा कूल १ लाख ७९१ मतदाता कायम रहेका छन्।

सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्र वर्गीकरण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नवीन कठायतका अनुसार १५ मतदान केन्द्र सामान्य, ५७ संवेदनशील र १६ अतिसंवेदनशील श्रेणीमा परेका छन्।

स्थानीय तहगत रूपमा हेर्दा शिवालय गाउँपालिकामा एक सामान्य र आठ संवेदनशील केन्द्र छन्। छेडागाड नगरपालिकामा दुई सामान्य, १३ संवेदनशील र एक अतिसंवेदनशील केन्द्र रहेका छन्। जुनिचाँदे गाउँपालिकामा एक संवेदनशील र ११ अतिसंवेदनशील केन्द्र तोकिएका छन् भने कुशे गाउँपालिकामा नौ संवेदनशील र दुई अतिसंवेदनशील केन्द्र छन्।

त्यसैगरी बारेकोट गाउँपालिकामा तीन सामान्य र सात संवेदनशील केन्द्र रहेका छन्। नलगाड नगरपालिकामा १४ संवेदनशील र दुई अतिसंवेदनशील केन्द्र कायम गरिएको छ। भेरी नगरपालिकामा नौ सामान्य र पाँच संवेदनशील केन्द्र निर्धारण गरिएको छ।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन नेपाली सेनाले आवश्यकता अनुसार जिल्लाका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गरिरहेको जनाएको छ। भवानी दल गण, मालिका ब्यारेकका प्रमुख सेनानी गोविन्द थापाले समन्वयात्मक सुरक्षात्मक उपस्थिति कायम राखिएको जानकारी दिएका छन्।