२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी सदस्यता परित्याग गरेको सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिक गतिविधिमा अब संलग्न नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका हुन्।

उनले आफ्नो अभिव्यक्तिमा राजनीति इमानदारीपूर्वक गर्ने क्षेत्र नरहेको अनुभूति भएको जनाउँदै अब पार्टी र राजनीतिक गतिविधिका लागि समय तथा स्रोत खर्च नगर्ने बताए। स्वतन्त्र नागरिकका रूपमा सामाजिक सेवामा संलग्न हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यसअघि पनि उनले दलहरूमा नेतृत्व चयन र उम्मेदवारी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए।

वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उम्मेदवारी दिएका राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मनबहादुर गुरुङ विजयी भएका थिए भने नेपाली काँग्रेस का किशोरदत्त बराल दोस्रो स्थानमा रहेका थिए। राई तेस्रो स्थानमा सीमित भएका थिए।

हालको निर्वाचन सन्दर्भमा उम्मेदवारी वितरण प्रक्रियामा असन्तुष्टि देखिएको पृष्ठभूमिमा उनले पार्टी छाड्ने निर्णय सार्वजनिक गरेको बताइएको छ। कास्की-१ का लागि पार्टीले यसपटक खडकराज पौडेल लाई उम्मेदवार बनाएको छ। उम्मेदवारी चयनपछि राई नेतृत्वप्रति असन्तुष्ट रहँदै आएको स्रोतले जनाएको छ।

पछिल्लो समय उम्मेदवारी वितरणमा आर्थिक प्रभावको आरोप लगाउँदै विभिन्न तहका केही नेताहरूले पार्टी परित्याग गरेको अवस्थासमेत देखिएको छ।