काठमाडौँ । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ। पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो।
सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जना मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।
डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ जना घाइते भएको उल्लेख गरेको छ। मृतक र घाइतेको शरीरमा गोली लागेको चोट देखिएको छ।
प्रदर्शनको क्रममा सुरक्षाकर्मीले सुरूमा अश्रुग्याँस प्रहार र लाठीचार्ज गरेको बताएको थियो। घाइते हुनेमा दुई जना प्रहरी अधिकारीहरू समेत छन्। उनीहरूको उपचारका लागि जिन्नाह पोस्टग्र्याजुएट मेडिकल सेन्टरमा लगिएको छ।







