काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मध्यपूर्वमा फसेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ।
खाडी क्षेत्रमा चर्केको युद्धका कारण संकटमा फसेका नेपालीको उद्धारका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए।
उनले भने, ‘खाडी क्षेत्रमा चर्केको युद्धका कारण संकटमा फसेका र फस्न सक्ने नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति अविलम्ब लगाउन पर्छ। नजिकबाट नियालिरहेको, सम्पर्कमा बसेको, समन्वय गरिरहेको जस्ता झारा टारुवा र बकम्फुसे कुराको कुनै काम छैन।’ उनले नागरिक सुरक्षा सरकारको पहिलो दायित्व भएको बताए।







