२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा सदस्य निर्वाचन: भक्तपुरमा तीन हजार सुरक्षाकर्मी परिचालन

अ+ अ-

भक्तपुर । भोली हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारे सञ्चारकर्मीलाई जानकारी दिँदै निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी आजदेखि नै मतदान स्थलमा कर्मचारी खटिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय सबैले आफ्नो जिम्मेवारी बहन गर्दै कर्मचारी परिचालन भएका छन् ।”

सुरक्षा रणनीतिअनुसार सामान्य र संवेदनशील मतदान केन्द्रको पहिचान गरी विशेष सुरक्षा व्यवस्था गरिएको उनले जानकारी दिए । जिल्लामा ३९ मतदान केन्द्रलाई सामान्य र ३७ केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ । ती केन्द्रमा मतदानको दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सुरक्षा निकायका गरी करिब तीन हजार सुरक्षाकर्मी चौबिसै घण्टा परिचालन हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

जिल्लाका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थल र २३३ मतदान केन्द्र रहेका छन् । यहाँको खरिपाटीस्थित विद्युत् प्राधिकरण तथा कृषि विकास तालिम केन्द्र बोडेमा मतगणना स्थल तोकिएको छ । दुवै स्थानमा सिसी क्यामरा जडानसहित सबै व्यवस्थापन गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

प्रत्येक निर्वाचन केन्द्रमा छजना कर्मचारी र तीन जना स्वयंसेवक खटाइएको छ । मतदान सम्पन्न गर्न जिल्लामा एक हजार ४०० कर्मचारी तथा ७०० स्वयंसेवक खटाइएका छन् । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाका लागि ५० भन्दा बढी मोबाइल टोली खटाइने र कुनै केन्द्रमा विवाद भए तत्काल थप फोर्स पठाउने गरी तयारी जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरका अनुसार मतदान अधिकृतसहितको टोली आवश्यक सम्पूर्ण सामग्रीसहित सबै मतदान केन्द्रमा पुगेर सर्वदलीय र सर्वपक्षीय बैठकसमेत सम्पन्न भएका छन् । निर्वाचनमा नखटिएका कर्मचारीलाई समानुपातिकमा मतदान गर्न भक्तपुर क्याम्पसमा अस्थायी मतदान केन्द्रको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।