काठमाडौँ । भक्तपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा दिउँसो १३:५० बजेसम्म कुल ९१ हजारभन्दा बढी मत खसेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा १३:५० बजेसम्म ४५ हजार ३५८ मत खसेको छ । जसमा महिला मतदाता २२ हजार ५७ र पुरुष मतदाता २३ हजार ३०१ रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ४६ हजार ५६५ मत खसेको छ । यस क्षेत्रमा महिला मतदाता २२ हजार ७१९ र पुरुष मतदाता २३ हजार ८४६ रहेका छन् । मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।







