२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०६४ सालको कीर्तिमानी मत प्रतिशत तोड्न डा. बाबुराम भट्टराईले दिए चुनौती

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान जारी रहेको आज, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचनमा आफूले हासिल गरेको कीर्तिमानी मत प्रतिशत सम्झँदै नयाँ चुनौती दिएका छन्।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भट्टराईले आफूले गोरखा-३ बाट प्राप्त गरेको करिब ८३ प्रतिशत मतको रेकर्ड तोड्न इच्छुक उम्मेदवारप्रति स्फूर्त चुनौती दिएका छन्। उनले लेखेका छन्, “गोरखाले देखाएको अतुलनीय मायाप्रति म सधैँ आभारी छु। मेरो नउँमा गोरखा-३ ले लेखेको चुनावी रेकर्ड कसैले छिटो तोडेमा खुशी हुनेछु।”

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा भट्टराईले गोरखा–२ बाट अत्यधिक मतान्तरसहित विजय प्राप्त गरेका थिए। सो चुनावमा उनलाई ४६ हजार २ सय ७२ मत प्राप्त भएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रप्रसाद न्यौपानेले ६ हजार १ सय ७१ मत पाएका थिए। यसरी मतान्तर ४० हजार १०१ थियो, जुन त्यस निर्वाचनमा देशभरकै सर्वाधिक मतान्तर थियो।

तर, खसेको मतको प्रतिशतको आधारमा उनको रेकर्ड अझै कायम छ। हालै चितवन–२ मा भएको उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरी विजयी भएका थिए, तर उनले ७५ प्रतिशत मत पाएको हुँदा प्रतिशतका आधारमा भट्टराईको ८३ प्रतिशतको रेकर्ड अझै तोडिएको छैन।

भट्टराईले आफ्नो लोकप्रियता लामो समय कायम राख्न भने सकेनन्। २०७० सालमा गोरखा-१ बाट लडेका उनले काँग्रेस प्रतिस्पर्धीभन्दा १३ हजार ८५३ मत बढी पाउँदै विजय हासिल गरे। २०७४ सालमा नयाँ शक्तिबाट गोरखा-२ मा लडेका उनले तत्कालीन माओवादीका नारायणकाजी श्रेष्ठ लाई ५७२ मतको न्यून अन्तरले हराए। २०७९ मा उनी उम्मेदवार बनेनन्।

यसपालिको आम निर्वाचनमा भट्टराईले गोरखा-२ बाट उम्मेदवारी घोषणा गरे पनि पछि ब्याक भएका थिए। उनले गोर्खाका दुवै क्षेत्रका काँग्रेस उम्मेदवारलाई समर्थन गरेका छन्।