काठमाडौँ । सिन्धुपाल्चोकमा दिउँसो १ बजेसम्म कुल ८० हजार ६ सय ५९ मत खसेको छ, जुन कुल मतदाताको करिब २९ प्रतिशत हो। यसमा ४५ हजार ८ सय ९३ पुरुष र ३४ हजार ७ सय ६६ महिला मतदाताले मतदान गरेका छन्।
देशभर १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान जारी छ।
मतदान स्थलमा केही विवाद देखिए पनि सम्बन्धित उम्मेदवार र राजनीतिक दलको नेतृत्वसँग समन्वय गर्दै ती विवादलाई शान्तिपूर्वक समाधान गरिएको छ। मेलम्ची–१२ को एक मतदान केन्द्रमा सामान्य विषयमा विवाद भएपछि केही बेर मतदान रोकिएको थियो, तर तत्काल समन्वय र सहजिकरणपछि मतदान पुनः सञ्चालन गरिएको छ।







