२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा प्रतिनिधि सभा निर्वाचन: ६४.१२ प्रतिशत मतदान, महिलाको सहभागिता उल्लेख्य

अ+ अ-

काठमाडौँ । चितवनमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ६४.१२ प्रतिशत मतदान भएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चितवनले जनाएको छ।

प्राप्त विवरण अनुसार चितवन निर्वाचन क्षेत्र नं. १ मा ९६ हजार १५४ मत खसेको छ, जुन ६४.७६ प्रतिशत हो। यस क्षेत्रमा महिलातर्फ ६६.३० प्रतिशत र पुरुषतर्फ ६२.३४ प्रतिशत मतदान भएको तथ्यांक छ।

निर्वाचन क्षेत्र नं. २ मा करिब ८७ हजार २२१ मतदाताले मतदान गरेका छन्। यहाँ ६३.५७ प्रतिशत मतदान भएको छ। यसमध्ये महिलाको सहभागिता ६५.२७ प्रतिशत र पुरुषको ६२.८८ प्रतिशत रहेको जनाइएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा एक लाख ५३ मत खसेको छ, जसले ६४.४६ प्रतिशत मतदान दर देखाउँछ। यस क्षेत्रमा महिलातर्फ ६८.११ प्रतिशत र पुरुषतर्फ ५९.४६ प्रतिशत मतदान भएको छ।

जिल्लास्तरको समग्र विवरण हेर्दा महिला मतदाताको सहभागिता पुरुषभन्दा उल्लेखनीय रूपमा बढी देखिएको छ। तथ्यांकअनुसार एक लाख ५१ हजार ३३५ महिलाले मतदान गरेका छन् भने पुरुष मतदाताको संख्या एक लाख ३२ हजार ९९३ रहेको छ। प्रतिशतका आधारमा महिलातर्फ ६७.२४ प्रतिशत र पुरुषतर्फ ६०.५८ प्रतिशत मतदान भएको छ।

चितवनमा कुल चार लाख ४४ हजार ८२ जना मतदाता रहेका थिए। तीमध्ये दुई लाख २४ हजार ७६६ महिला र दुई लाख १७ हजार ३९४ पुरुष मतदाता थिए।

मतदान प्रक्रिया सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित स्थानतर्फ ढुवानी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी गरिएको छ।

मतगणनाका लागि क्षेत्र नं. १ को मतगणना खैरहनीस्थित भुवानीशंकर कलेजमा, क्षेत्र नं. २ को उद्योग संघको परिसरभित्र रहेको प्रदर्शनी हलमा तथा क्षेत्र नं. ३ को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा गर्ने व्यवस्था मिलाइएको छ।

जिल्लाभर १६२ मतदान स्थलमा रहेका ४९४ मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको थियो। मतदानमा ज्येष्ठ नागरिक, अशक्त तथा फरक क्षमता भएका मतदाताका साथै किरियापुत्रीले समेत सहभागिता जनाएका थिए।

मतदानका क्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका थिए। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपुरस्थित प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए भने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका थिए। त्यस्तै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकास्थित मतदान केन्द्रमा मत दिएका थिए।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६७.१४ प्रतिशत मतदान भएको थियो। उक्त निर्वाचनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए, जसमध्ये दुई लाख ७४ हजार १६० मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।