२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला निर्वाचन अपडेट : काँग्रेस ४०७ मतले अगाडि

अ+ अ-

खलङ्गा (दार्चुला) । दार्चुलामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राखेका छन् । हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ ।

हालसम्मको मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गरेका छन् । यससँगै काँग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो । सुरुदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ । अन्य दलतर्फ नेकपा (तारा) ले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)ले २२५ मत पाएको छ ।

स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन् । प्राप्त विवरणअनुसार गिलास चुनाव चिह्नका उम्मेदवारले १९ मत, हसिया आठ मत, गुलाब ४९ मत, मोबाइल १८ मत, मादल तीन मत र खुकुरी तीन मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ । बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जाने भन्ने विषयमा सर्वसाधारण र राजनीतिक दलहरूबीच चासो बढेको छ ।