२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव 

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

अन्तरराष्ट्रिय महिला दिवस(८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवश्यकता औँल्याएका हुन् । 

उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली महिलाहरूले शिक्षा, राजनीति, समाजसेवा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा निरन्तरताले मुलुकलाई समृद्धि र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, “महिलाको सबलीकरणले मात्र सामाजिक न्याय, आर्थिक समानता र राजनीतिक स्थिरता सम्भव हुन्छ, महिला अधिकार सुनिश्चित गर्नु मानवअधिकारको आधारस्तम्भ हो, गरिबी अन्त्य, लैङ्गिक उत्तरदायी नीति, हरित अर्थतन्त्र र सामाजिक न्यायमा केन्द्रित भएर अघि बढ्दामात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ ।”

महिला सशक्तीकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र सम्मानजनक सहभागिताका पक्षमा वकालत गर्ने यो दिवसले समाजलाई समावेशी र न्यायपूर्ण बनाउन प्रेरणा दिने उल्लेख गर्दै उनले महिलाको योगदानलाई सम्मान गर्दै विभेद, हिंसा, उत्पीडन र अन्यायपूर्ण परम्परालाई अन्त्य गर्ने संकल्प लिनुपर्ने आवश्यकता औँल्याएका छन् ।  

उनले भनेका छन्, “वैदिककालदेखि नै महिलालाई देवी स्वरूपमा सम्मान गरिएको हाम्रो परम्परा आज पनि जीवित छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भन्ने संस्कृत वचनले महिलाको सम्मानलाई देवत्वसँग जोडेको छ, छोरीलाई लक्ष्मीको आगमन मान्ने हाम्रो संस्कृतिले महिलाको स्थानलाई उच्च बनाएको छ”, उपराष्ट्रपति यादवले अन्तरराष्ट्रिय महिला दिवसले समाजमा लैङ्गिक समानता, सम्मान, समावेशिता र प्रगतिलाई सबल बनोस् भनी कामना पनि गरेका छन् ।