काठमाडौँ । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रुपैयाँ जरिबाना तोकेको छ ।
आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको भन्दै जरिबाना तोकेको हो । आयोगका अनुसार तोकिएको जरिबाना १५ दिनभित्र दाखिला गर्नुपर्ने छ ।







