काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३५.९३ अंकले बढेर २९११.३६ विन्दुमा पुगेको छ। यो १.२४ प्रतिशत हो।
प्रि-ओपन सेसनमा २५९ स्क्रिप्सको १३ लाख ८७ हजार १८२ कित्ता सेयर ५६ करोड ९८ लाख ६६ हजार ६९८ रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये २१० वटा स्टक्सको मूल्य बढ्दा ९ वटा घटेको छ । ३४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







