२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

अ+ अ-

काठमाडौँ । ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई पदबाट राजीनामा नदिन सार्वजनिक रूपमा आग्रह गरेका छन्। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउने कार्यमा थापाको नेतृत्व र मार्गदर्शन आवश्यक रहेको बताएका छन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन तथा महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतका जनप्रतिनिधिहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

उक्त विज्ञप्तिमा समसामयिक राजनीतिक चुनौतीकाबीच पार्टीलाई सशक्त बनाउन थापाको नेतृत्व अपरिहार्य रहेको उल्लेख गरिएको छ। साथै, नेतृत्व निरन्तरता कायम राख्दै संगठन सुदृढीकरणको प्रक्रियालाई अगाडि बढाउन आवश्यक रहेको जनप्रतिनिधिहरूको भनाइ छ।

संयुक्त विज्ञप्तिमा महांकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसी, गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन तथा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे को पनि सहभागिता रहेको जनाइएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहित पार्टीका अधिकांश पदाधिकारी फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारीका आधारमा थापाले राजीनामा दिने वा नदिने विषयमा पार्टीभित्र बहस जारी छ। यसअघि थापाले राजीनामाबारे छलफल भएको संकेत दिए पनि उपसभापति विश्वप्रकाश शर्मा ले त्यस्तो निर्णय आवश्यक नभएको धारणा सार्वजनिक गरेको समाचार बाहिरिएको थियो।

जनप्रतिनिधिहरूले जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक सन्दर्भमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्न नेतृत्वको निरन्तरता आवश्यक रहने उल्लेख गरिएको छ।