२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेन्द्र साह प्रधानमन्त्री बन्ने भएपछि संघीय लोकतान्त्रिक मोर्चाद्वारा खुसी व्यक्त

अ+ अ-

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने तयारीप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ।

शुक्रबार जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर को अध्यक्षतामा बसेको मोर्चाको मूल समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा साहको नेतृत्वलाई मतदाताले व्यापक समर्थन दिएको उल्लेख गर्दै उनलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउनु खुसीको विषय भएको जनाएको छ।

मोर्चाले लामो समयदेखि अधिकार र प्रतिनिधित्वका मुद्दामा संघर्ष गर्दै आएका मधेशी, थारू, आदिवासी जनजाति तथा अन्य उत्पीडित समुदायका लागि साहको नेतृत्वमा सरकार बन्ने अवस्था उत्साहजनक भएको उल्लेख गरेको छ।

बैठकले साहलाई आगामी जिम्मेवारीका लागि शुभकामना र बधाई पनि दिएको छ। साथै नयाँ नेतृत्वबाट संविधान संशोधनसहित विभिन्न नीतिगत तथा संरचनात्मक विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरिएको छ।

मोर्चाले जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, प्रदेशको सिमांकनसम्बन्धी विषय पुनरावलोकन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा संघीय संरचनालाई थप सुदृढ बनाउनेजस्ता मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरेको छ। साथै विगतका आन्दोलन र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताजस्ता उपलब्धिलाई संस्थागत गर्ने दिशामा नयाँ सरकार अघि बढ्ने अपेक्षा गरिएको मोर्चाले जनाएको छ।