२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

अ+ अ-

टक्सार(भोजपुर) । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो ।

सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार हावाहुरीसँगै वर्षात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रुपमा बसोबासमा समस्या भएको हो ।

हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पुर्‍याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर, नेपाल टेकिलमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। उनका अनुसार अहिले क्षतिको विवरण संकलन भइरहेको छ ।

हावाहुरीले भौतिक संरचनामा क्षति पुर्‍याएकाले विवरण संकलन भए पश्चात राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । स्थानीय तहहरुले राहत तथा विवरण संकलन गरिरहेका छन् ।