२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो, जिल्ला नेतृत्वविरुद्ध अनुशासनको कारवाही गर्न माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा असहयोग र अन्तर्घातको आरोपसँगै नेपाली काँग्रेस बारा जिल्लाभित्र आन्तरिक विवाद तीव्र बन्दै गएको छ।

बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवसहित केही पदाधिकारीविरुद्ध अनुसन्धानात्मक कारवाहीको माग गर्दै केन्द्रीय नेतृत्वसमक्ष औपचारिक निवेदन दिएका छन्।

गुप्ताले आफ्नो उजुरीमा निर्वाचन प्रक्रियामा सहयोग नगरेको र पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै सम्बन्धित व्यक्तिहरूलाई पार्टी सदस्यताबाट निलम्बन गर्नुपर्ने माग अघि सारेका छन्। उनले जिल्ला उपसभापति अमेरिला पाल तथा पूर्व संविधानसभा सदस्य शोभाकर पराजुलीलगायतका नेताहरूको नाम समेत उल्लेख गरेका छन्।

यसैक्रममा क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा-४ (ख) का सभापति सुमनकुमार भट्टराई र जितपुर-सिमरा नगर कार्यसमिति सभापति छाबिलाल शर्मामाथि पनि आवश्यक अनुसन्धानात्मक कारबाही हुनुपर्ने उनको माग छ।

यसअघि नै बारा-२ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति यादवलाई पार्टीबाट निष्कासन गर्नुपर्ने माग उठाइसकेका छन्। त्यस्तै, बारा-३ क्षेत्रीय कार्यसमितिले समेत जिल्ला नेतृत्वसहित १६ जनामाथि निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै केन्द्रीय तहमा कारबाही सिफारिस गरेको थियो।