२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

अ+ अ-

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं, परराष्ट्र मन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले संयुक्त रूपमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले तीव्र सहरीकरणका कारण हरियाली क्षेत्र घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारी निकायहरूले हरित पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । 

“संसद् भवन जस्तो महत्त्वपूर्ण संरचना वरपर हरियाली कायम गर्नु केवल सौन्दर्यको विषय मात्र नभई वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन रणनीति हो”, उनले भने ।

आज संसद् भवन परिसरमा रुद्राक्ष, कपुर, धुपी र समीका बिरुवाहरू रोपिएको वन तथा भू-संरक्षण विभागका वन व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछानेले जानकारी दिए । उनका अनुसार यी बिरुवाहरू वातावरणीय हिसाबले उपयोगी हुनुका साथै धार्मिक र सांस्कृतिक महत्वसमेत बोकेका छन् । उक्त वृक्षारोपण कार्यक्रमले निर्माणाधीन संसद भवन परिसरलाई हराभरा र वातावरणमैत्री बनाउने लक्ष्य लिएको तथा यसले नागरिकहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उपमहानिर्देशक लामिछानेको भनाइ छ ।