२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा बर्ड फ्लु पुष्टि, प्रभावित क्षेत्रमा कडाइका साथ नियन्त्रण सुरु

अ+ अ-

दुई नगरपालिकामा संक्रमण भेटिएपछि आवतजावत, उत्पादन र जैविक सुरक्षामा कडाइ

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले मोरङ जिल्लाका दुई स्थानीय तहमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जनाएको छ। विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका-५ बाट संकलित कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा शुक्रवार उच्च रोगजन्य एभियन इन्फ्लुएन्जा (एच५एन१) पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै पशु सेवा विभागले बर्ड फ्लु रोग नियन्त्रण नियमावली, २०७८ बमोजिम तत्काल नियन्त्रण तथा रोकथामका उपायहरू लागू गरिएको जनाएको छ। मन्त्रालयस्तरको निर्णयअनुसार रोग प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण टोली परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा रहेका कुखुरा, अण्डा, दाना, कुखुराजन्य पदार्थ तथा उत्पादन सामग्रीहरूको नष्ट गर्ने र निष्कासनको कार्य अघि बढाइएको छ भने रोग अन्यत्र फैलिन नदिन सम्बन्धित संघ, प्रदेश र स्थानीय तहका निकायहरूलाई समेत सतर्क गराइएको छ।

विभागका अनुसार प्रभावित क्षेत्रका कुखुरा फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेशमा रोक लगाइएको छ र फार्ममा प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण गेट प्रयोग गरी मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ। फार्म परिसरभित्र प्रवेश गर्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने र प्रयोग भइसकेका उपकरण तथा सामग्री पुन: प्रयोग नगर्न निर्देशन दिइएको छ।

यसैगरी फार्ममा प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण औषधि राखिएको फुटबाथ प्रयोग गर्नुपर्ने र प्रत्येक पटक प्रवेश गर्दा जुत्ता वा चप्पल परिवर्तन गरी मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ। फार्मभित्र र बाहिर नियमित रूपमा निसंक्रमण गर्नुपर्ने तथा कुखुरा फार्म परिसरमा कुकुर, बिरालो, मुसा लगायत अन्य जनावर प्रवेश गर्न नपाउने व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ।

विभागले मरेका कुखुरालाई सुरक्षित तरिकाले गाड्ने व्यवस्था गर्न, फार्ममा कार्यरत व्यक्तिहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिन, नियमित रूपमा हात धुने र स्वास्थ्यसम्बन्धी समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ। साथै, कुखुरा तथा कुखुराजन्य उत्पादनहरूको ओसारपसार गर्दा अनिवार्य रूपमा भेन्टेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।

विज्ञप्तिमा आकस्मिक रूपमा ठूलो संख्यामा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ। विभागले बर्ड फ्लु नियन्त्रणका लागि सम्पूर्ण सरोकारवालालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।