२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दै जान थालेको छ । आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरन र गहनाको प्रयोग घट्दै गएको हो ।

शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला महिलाले शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने चलन थियो । कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उनले बताइन्।

“पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी, त्यसको तल पैँडा र पायल लगाउने गरिन्थ्यो” उनले भनिन्, “घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि रहेको थियो ।”

परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिलाका रूपमा लिने गरिन्थ्यो,” चन्द्रमती रानाले भनिन् ।

“अहिले परम्परागत गहना थोरै महिलासँग मात्र बाँकी छन्” उनले भनिन्, “धेरै महिलाले आधुनिक डिजाइनका सुन तथा कृत्रिम गहना प्रयोग गर्न थालेपछि पुराना गहनाको प्रयोग घट्दै गएको छ, परम्परागत गहना बनाउने सीप भएका कारीगर पनि अहिले पाउन मुस्किल भएकाले परम्परागत गहना हराउँदै गएका छन् ।”

फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो । अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ । परम्परागत पहिरन जोगाउने प्रयास भए पनि पहिले जस्तो पूर्ण रूपमा परम्परागत पहिरन लगाउने चलन भने घट्दै गएको उनले बताइन्।

“राना थारू समुदायमा प्रयोग हुने धेरै गहना चाँदीका हुने गर्थे” उनले भनिन्, “ती गहना केवल सौन्दर्यका लागि मात्र नभई सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग पनि जोडिएका थिए, विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे ।”

उनका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो । महिलाहरू आफैँले पहिरन तयार गर्ने गर्थे । अहिले बजारमा पाइने कपडा प्रयोग गर्न थालिएपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ । यससँगै परम्परागत पहिरन पनि बिस्तारै हराउँदै गएको स्थानीय बुढापाकाको भनाइ छ ।

परम्परागत गहना बनाउने कालिगढको संख्या घट्नु पनि अर्को कारण रहेको बताइएको छ । “पहिले गाउँमै गहना बनाउने सुनचाँदीका कारीगर हुन्थे, अहिले त्यस्ता कालिगढ पाउन गाह्रो भएको छ” रानाथारु अगुवा रामशाह रानाले भने, “नयाँ पुस्ताले परम्परागत गहना बनाउन सिक्न नचाहँदा यो सीप पनि लोप हुने अवस्थामा पुगेको छ ।” उनका अनुसार परम्परागत गहना र पहिरन केवल कपडा वा आभूषण मात्र नभई राना थारू समुदायको इतिहास, संस्कृति, पहिचान र जीवनशैलीसँग जोडिएको सम्पदा हो । त्यसैले यसको संरक्षण आवश्यक रहेको उनले बताए ।

अहिले केही स्थानमा सांस्कृतिक कार्यक्रम, विवाह र विशेष अवसरमा मात्र परम्परागत पहिरन लगाउने गरिन्छ, भने दैनिक जीवनमा आधुनिक पहिरन प्रयोग हुने गरेको छ । यसले गर्दा नयाँ पुस्ताले पुराना पहिरन र गहनाको नामसमेत नजान्ने अवस्था आउन थालेकोप्रति उनले चिन्ता प्रकट गरे ।

परम्परागत गहना र पहिरनको संरक्षणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायले पहल गर्न आवश्यक छ । परम्परागत गहना बनाउने कालिगढलाई प्रोत्साहन, सीप हस्तान्तरण, सांस्कृतिक कार्यक्रम आयोजना तथा सङ्ग्रहालय स्थापना जस्ता कार्य गर्न सके परम्परागत पहिरन र गहना जोगाउन सकिने शुक्लाफाँटा नगरपालिका १२ का वडाध्यक्ष नवलसिंह राना बताउछन् ।

“राना थारू समुदायका परम्परागत गहना र पहिरन केवल सौन्दर्यको साधन मात्र नभई सांस्कृतिक पहिचानको महत्त्वपूर्ण प्रतीकका रूपमा रहेका छन” उनले भने, “यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो, समयमै संरक्षण गर्न सकिएन भने राना थारू समुदायका परम्परागत गहना र पहिरन इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ ।”