२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा ३ करोडभन्दा बढी जरिवाना असुल

अ+ अ-

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर रु तीन करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष एक महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए। 

चालु आर्थिक वर्ष २०८२/८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पक्राउ गरिएको उनले बताए। 

प्रहरीले अवैध भन्सार छली नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले रु एक करोड ९५ लाख ६० हजार ४९३ बराबरको राजस्व संकलन गरेको छ । सोही क्रममा ४९ जना पक्राउ परेका छन् भने दुई वटा गाडी, २१ मोटरसाइकल र दुई वटा ई–रिक्सा बरामद गरिएको छ ।

ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु एक करोड २७ लाख १९ हजार ५००  राजस्व संकलन गरिएको छ । त्यसैगरी, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारीसाधन नियन्त्रणमा लिँदै रु ६ लाख २५ हजार ५०० राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त अवधिमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २१२ जना पक्राउ परेका छन् । बरामद लागूऔषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउनसुगर, चार ग्राम चरेस, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र चार हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । पक्राउ परेका १९१ नेपाली पुरुष, नौ महिला र १२ भारतीय नागरिकसमेत रहेका छन् । 

यसैबीच, ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ । गत कात्तिक ६ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको प्रनाउ पातलीको भनाइ छ ।