२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सई चौधरी मकालु हिमाल आरोहण गर्ने, झन्डासहित आइजिपी कार्कीले गरे बिदाइ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक (सई) नन्दलाल चौधरी विश्वको पाँचौँ तथा नेपालको चौथो अग्लो हिमाल मकालु आरोहणका लागि तयारी अवस्थामा रहेका छन्। उक्त अभियानलाई सफल बनाउन प्रहरी प्रधान कार्यालयले उनलाई औपचारिक रूपमा शुभकामना प्रदान गर्दै आवश्यक राष्ट्रिय तथा संस्थागत झण्डा हस्तान्तरण गरेको छ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चौधरीलाई राष्ट्रिय झण्डा र प्रहरी संगठनको झण्डा प्रदान गरेका हुन्। कार्यक्रममा उपस्थित उच्च प्रहरी अधिकारीहरूले समेत उनको आरोहण सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले चौधरीलाई सुरक्षित र सफल आरोहणको कामना गर्दै उच्च मनोबलका साथ अभियान अघि बढाउन आग्रह गरे। उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रवक्ता तथा अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका-७ निवासी चौधरीले २०५५ सालमा प्रहरी जवानका रूपमा सेवा प्रवेश गरेका थिए। हाल उनी संखुवासभा जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। यसअघि उनले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बुस्थित ६,४७६ मिटर उचाइको मीरा पिक सफलतापूर्वक आरोहण गरिसकेका छन्।

प्रहरी संगठनभित्र साहसिक तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यअनुसार यस प्रकारका आरोहण अभियानलाई संस्थागत रूपमा सहयोग र प्रोत्साहन दिइँदै आएको छ।