२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्टार्टअप कर्जामा उच्च आकर्षण: १० हजारभन्दा बढी प्रस्ताव, एआईमार्फत छनोट प्रक्रिया

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १० हजारभन्दा बढी परियोजना प्रस्ताव प्राप्त भएको जनाएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८६ करोड रुपैयाँ बजेटअन्तर्गत ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने कार्यक्रम कार्यान्वयनमा रहेको छ।

स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत कार्तिक १९ गते प्रस्ताव आह्वान गरेको थियो। तोकिएको समयभित्र कुल १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएका छन्, जसमा २ हजार ४१ भौतिक र ८ हजार २०३ विद्युतीय माध्यमबाट पेश गरिएको मन्त्रालयले जनाएको छ।

प्राप्त प्रस्ताव सातै प्रदेशका ७७ जिल्ला र ७१३ स्थानीय तहबाट आएको मन्त्रालयको भनाइ छ। प्रतिष्ठानले विषयगत विज्ञसहितको मूल्याङ्कन समितिमार्फत परियोजनाहरूको अध्ययन तथा मूल्याङ्कन गरिरहेको छ। साथै, प्रारम्भिक छनोटका लागि एआई आधारित स्क्रिनिङ सफ्टवेयर प्रयोग गरिएको छ, जसबाट करिब ८० प्रतिशतसम्म शुद्धता प्राप्त हुने विश्वास गरिएको छ।

परियोजनाको भौतिक अवस्थाको यथार्थ परीक्षणका लागि स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्ता ९भ्म्ँ० मार्फत स्थलगत निरीक्षण गरिएको छ। सहजकर्ताले परियोजनाको विवरण, तस्वीर र करिब एक मिनेटको भिडियोसहितको प्रतिवेदन प्रतिष्ठानमा पेश गरेका छन्।

मन्त्रालयका अनुसार कार्यविधिको मापदण्ड पूरा गरेका प्रस्तावहरूलाई प्रारम्भिक सूचीमा समावेश गरी सार्वजनिक गरिनेछ। व्यावसायिक प्रस्तुतीकरण प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले स्थलगत प्रतिवेदन, फोटो, भिडियो र कागजातका आधारमा मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ।

मूल्याङ्कन समितिले कार्यविधिको अनुसूची–५ अनुसार अङ्क प्रदान गर्नेछ, जसमा व्यावसायिक प्रस्तुतीकरणबाहेकका सूचकलाई आधार बनाइनेछ। प्रारम्भिक सूचीमा परेका परियोजनाहरूको बैंकमार्फत क्रेडिट जाँच गरी ५० अङ्कभन्दा बढी प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकताका आधारमा कर्जाका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ।