काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले आज मातहत कार्यरत शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो।
मन्त्रालयले सरुवा भएका सबै शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। यससँगै सबै स्थानीय तहले कन्फर्म प्रमुख प्रशासकीय अधिकृत पाएको मन्त्रालयले जनाएको छ।
सिंहदरबारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ। यसरी सरुवा गर्दा सकेसम्म घर पायक पर्ने गरी खटाइएको प्रशासन स्रोतले जानकारी दिएको छ। यद्यपि पीआईएस अद्यावधिक नभएको अवस्थामा केही फरक पर्न सक्ने भए पनि, हाल भने पीआईएस अनुसार नै सरुवा गरिएको स्रोतको दाबी छ।
सूची :







