काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले निर्वाचन समयमा निर्वाचन अधिकृतका लागि उपलब्ध गराइएको गाडी फिर्ता गर्ने प्रक्रिया भइरहेको जनाएको छ।
‘काठमाडौँ, ललितपुर र चितवनका निर्वाचन अधिकृतहरूले गाडी फिर्ता नगरेको समाचारप्रति अदालतले ध्यान दिएको छ, ‘अदालतले ध्यानाकर्षण पत्रमार्फत भनेको छ ।
“मिति ०८२/५/२३ गतेको जेनजी आन्दोलनका क्रममा यस अदालतका गाडीहरू जलेर नष्ट भएका थिए। तत्काल यस अदालतमा सवारी साधन आवश्यक भएको कारण सो सवारी साधन अदालतको प्रयोजनका लागि हस्तान्तरणको प्रक्रियामा रहेको छ, ‘पत्रमा उल्लेख छ ।”








