काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
महाराजगञ्जले आज (शुक्रबार) एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
सूचनाअनुसार प्राविधिक अधिकृत (क्लिनिकल एम्ब्रायोलोजिस्ट), मुख्य प्राविधिक सहायक (बायोमेडिकल तथा फुड एन्ड न्यूट्रिसन), अस्पताल व्यवस्थापन सेवा सहायक, प्राविधिक सहायक (इलेक्ट्रिसिटी र प्लम्बिङ)लगायत पदमा कर्मचारी माग गरिएको छ।
योग्यता पुगेका २१ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेका इच्छुक उम्मेदवारले आजदेखि वैशाख ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।








