काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्रश्नपत्र बाहिर ल्याई अनियमित तरिकाले प्रयोग गरेको आरोपमा रौतहटबाट तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा परेकामध्ये रौतहटको गरुडा नगरपालिका-७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका-७ का २० वर्षीय रोहितकुमार पटेल तथा सर्लाहीको बलरा नगरपालिका-८ का १८ वर्षीय धीरज साह रहेका छन्।
उनीहरूलाई चालु परीक्षामा प्रश्नपत्र बाहिर ल्याई अनुचित लाभ लिन खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे इलाका प्रहरी कार्यालय गरुडाले थप अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिइएको छ।







