२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्री चौधरीद्वारा कालीमाटी बजारको अनुगमन, अनियमितता तुरुन्त सुधार गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् ।

बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् । बजार अनुगमनका क्रममा इजाजत पत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजत पत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बरलगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ । कतिपय स्थानमा एकै दर्तामा दुई देखि तीन जनाले व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

त्यस्तै, माछा पसलमा पनि उस्तै प्रवृत्ति देखिएको मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलको निरीक्षण गरिन् । निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ ।

मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् । साथै, उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि कडाइका साथ नियन्त्रण गरिने मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।