२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक: मुख्यमन्त्री पाण्डे

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन् ।

गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने बताए । उनले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग जोडिने किसिमको हुनुपर्नेमा जोड दिँदै उच्च शिक्षा पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशिने प्रवृत्ति बढ्दो चिन्ताको विषय भएको बताए ।

शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्नेमा जोड दिए । बजारमुखी, अनुसन्धानमुखी तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयलाई पाठ्यक्रममा समेट्नुपनेमा जोड दिए । उनले विद्यार्थीहरूलाई केवल जानकारी नभइ सोच्ने, विश्लेषण गर्ने र समाधान निकाल्ने क्षमताको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। अनुसन्धान केन्द्रको विस्तार, सरकारी निकायसँग सहकार्य र समुदायस्तरमा आधारित अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राखिएको उनले बताए ।

विश्वविद्यालय न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले विश्वविद्यालय अब भौतिक संरचना निर्माणबाट अघि बढ्दै गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने बताए।

समारोहमा स्नातक तहमा सबैभन्दा उच्च सीजीपीए प्राप्त गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गरेका छन् । त्यसैगरी गौरव भण्डारी, मलिनकुमार रोका र क्याटरिना बस्नेतले उपकुलपति पदक प्राप्त गरेका छन् ।

दीक्षान्त समारोहमा खेलकुद व्यवस्थापनतर्फ ११ जना, सूचना प्रविधितर्फ १८ र औषधि विज्ञानतर्फ १५ गरी कुल ४४ विद्यार्थी दीक्षित भएका छन् ।