२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय प्रक्रियामै

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे अन्तिम निर्णय नभइसकेको बताएका छन्।

उनले भारतीय पक्षबाट निम्तो आएको जानकारी दिँदै भ्रमणको मिति र औपचारिकता भने टुंगो नलागेको स्पष्ट पारेका छन्।

मोरिसस भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशसँगै भ्रमणको निम्तो प्राप्त भएको बताएका छन्।

उनका अनुसार नेपाल र भारतबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्र छन्, जसमा केही सक्रिय र केही निष्क्रिय अवस्थामा रहेका छन्। ती संयन्त्रलाई पुनः सक्रिय बनाउने र आवश्यक प्राविधिक तयारी पूरा गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

यसले उच्चस्तरीय भ्रमणअघि प्राविधिक तहमा समन्वय र तयारीलाई प्राथमिकता दिइने संकेत गरेको छ।

परराष्ट्र मन्त्री खनाल चैत २७ गते नवौँ भारतीय महासागर सम्मेलनमा भाग लिन मोरिसस गएका थिए। सो क्रममा भारतका विदेश मन्त्री एस जयशंकरसँग साइडलाइन भेटवार्ता भएको र द्विपक्षीय विषयमा प्रारम्भिक छलफल भएको सन्दर्भ पनि सार्वजनिक गरिएको छ।

0 Comments