२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयातित वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । सरकारले विदेशबाट आयात गरी नेपालमा बिक्री वितरण हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनको समयसीमा तोक्दै उक्त अवधिभित्र व्यवस्था कार्यान्वयन नगरे कारबाही गरिने जनाएको छ।

सोमबार विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। विभागका अनुसार निर्णय उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनमा पारदर्शिता कायम गर्ने उद्देश्यले गरिएको हो।

विभागका प्रवक्ता नरहरि तिवारीले नयाँ व्यवस्था अनुसार पैठारीकर्ताले आयात गरेका सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने बताएका छन्। साथै, वस्तु बिक्री गर्दा बिल बिजक जारी गर्नु पनि अनिवार्य गरिएको छ।

निर्णय आजकै मितिबाट लागू हुने गरी १५ दिनको पूर्वतयारी अवधि दिइएको छ। यस अवधिभित्र आयातकर्ताले नयाँ तथा मौज्दात (स्टक) रहेका सबै वस्तुमा एमआरपी उल्लेख गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ।

तोकिएको समयसीमा समाप्त भएपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउने जनाएको छ। अनुगमनका क्रममा एमआरपी उल्लेख नभएका आयातित वस्तु भेटिएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

1 Comment
हरि प्रसाद गाैतम
हरि प्रसाद गाैतम
2 months ago

याे चाहि ठिक हाे है !! कुनैकाे पनि अधिकतम् मूल्य देखिदैन ?? भएकाे भए पनि केरमेट वा नबुझिने टाईप देखिन्छ हैन र ?? उपभोक्ता महानुभाव ??? के म गल्ती छु र?