काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बिहीबार करिब २ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.९९ अंकले बढेर २८६८.८७ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ५६ वटा स्क्रिप्सको ६ हजार १०२ कित्ता सेयर ३८ लाख ८७ हजार ३७८ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घटेको छ । बाँकी ९ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।







