१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नरैनापुरमै करदाता सेवा सुरु, पहिलो व्यावसायिक प्यान प्रमाणपत्र जारी

स्थानीयस्तरमै कर सेवा उपलब्ध भएसँगै नरैनापुरका व्यवसायी तथा करदातालाई स्थायी लेखा नम्बर लिन र करसम्बन्धी सेवा प्राप्त गर्न नेपालगन्ज धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अ अ+ अ-

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकामै करसम्बन्धी सेवा सुरु भएसँगै पहिलो व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रसमेत जारी गरिएको छ।

गाउँपालिकाका अनुसार सेवा शुभारम्भका अवसरमा वडा नम्बर २, बेउचहवास्थित मदिना परफ्युम एण्ड जनरल स्टोरकी सञ्चालक जन्नतुल पठानिनलाई पहिलो व्यावसायिक प्यान प्रमाणपत्र प्रदान गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा पठानिनलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

करदाता सेवा केन्द्र सञ्चालनमा आएसँगै स्थानीय व्यवसायी तथा करदातालाई स्थायी लेखा नम्बर प्राप्त गर्न र करसम्बन्धी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

यसअघि यस्ता सेवाका लागि नेपालगन्ज जानुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि करदाताको समय र आवतजावतको खर्च बचत हुने गाउँपालिकाले जनाएको छ।

0 Comments