काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय व्यवस्थापनका लागि प्रमुख सचेतक तथा सचेतक पदमा नयाँ पदाधिकारी तोकेको छ ।
पार्टीको संसदीय दलको बैठकले महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी सोही बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई संसदीय सचेतकका रूपमा चयन गरेको छ ।







