२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ शाखा अधिकृतको सरुवा, सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक घिमिरे पुगे मेल्लेख 

अ+ अ-

काठमाडौँ । आधा दर्जन शाखा अधिकृतको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८२ चैत ३० गते तीन र २०८३ वैशाख २ गते थप तीन गरी ६ जना शाखा अधिकृतको सरुवा गरेको सूची २०८३ वैशाख ३ गते बिहीबार (आज) ११:३२:३८ बजे सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार ‘जेन जेड’ आन्दोलनपछि ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान’ का नाममा चर्चामा आएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत गणेश घिमिरेलाई अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको छ। यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका केशवकुमार अधिकारीलाई पर्साको कालिकामाई गाउँपालिकामा पठाइएको छ भने सोही गाउँपालिकाका राज कुशवाहलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ।

यसैगरी, गणेशमान चारनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई धनुषाको जनकनन्दिनी गाउँपालिकामा सरुवा गरिएको छ भने जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ।

यस्तै, गृह मन्त्रालयका शाखा अधिकृत भुपाल खड्कालाई सल्यानको कुमाख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।

पछिल्लो समय मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पदमा स्थायी रूपमा कर्मचारी पठाउने र सबै स्थानीय तहमा पदपूर्ति गर्ने रणनीति लिएको जनाएको छ। सोही क्रममा वर्षौदेखि सिंहदरबारमै बस्दै आएका कर्मचारीलाई स्थानीय तहमा पठाउने कार्यलाई सकारात्मक रूपमा लिइएको छ । यद्यपि, सरुवा अवधि नपुगेका कर्मचारीलाई समेत छोटो अवधिमै सरुवा गरिएको र केही सरुवामा चयनमुखी प्रवृत्ति देखिएको भन्दै कर्मचारी वृत्तमा आलोचना समेत हुँदै आएको छ।

0 Comments