२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी अस्पतालमा ओपीडी सेवा आइतबार पनि बन्द हुने 

अ+ अ-

काठमाडौँ । सरकारी अस्पतालहरूमा बहिरंग (ओपीडी) सेवा अब आइतबार पनि बन्द रहने व्यवस्था पुनः लागू गरिएको छ। 

यसअघि दुई दिन सार्वजनिक बिदा कायम हुँदा सेवा प्रभावित हुने भन्दै आइतबार ओपीडी सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई अनुरोध गरेको थियो।

तर चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्न असमर्थता जनाएपछि मन्त्रालयले पूर्ववर्ती व्यवस्था नै कायम रहने निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा सरकारले लागू गरेको हप्तामा दुई दिन बिदासम्बन्धी निर्णयसँग तालमेल मिलाउँदै स्वास्थ्य सेवा निरन्तर र व्यवस्थित रूपमा सञ्चालन हुने प्रबन्ध मिलाइएको उल्लेख छ। साथै, बिरामीको नियमित उपचार र निगरानी प्रभावित नहोस् भन्ने उद्देश्यले आकस्मिक तथा अन्तरंग सेवाहरू २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था यथावत् राखिएको छ।

सूचनाअनुसार आइतबारका लागि तय गरिएका शल्यक्रियालगायतका सेवा बिरामीको अवस्था हेरी पुनः तालिका मिलाइनेछ। आपत्कालीन अवस्थामा बिरामीलाई आवश्यक परेमा नजिकको उपयुक्त अस्पतालमा रिफर गर्ने व्यवस्था तथा एम्बुलेन्स सेवा निरन्तर तयारी अवस्थामा रहने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिदाका दिनमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक प्रबन्ध गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ। साथै, उपलब्ध सेवासम्बन्धी जानकारी नियमित रूपमा वेबसाइट र सूचना बोर्डमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

0 Comments