२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूले आज सभामुख डोल प्रसाद अर्यालसँग भेट गरेका छन्। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा सभामुख अर्यालले मिनी संसद्का रूपमा रहेका संसदीय समितिहरूलाई थप क्रियाशील र प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई विशेष निर्देशन दिएका छन् । 

सभामुख अर्यालले सभापतिहरू दलीय प्रतिनिधित्वका आधारमा निर्वाचित भए तापनि समितिको कार्यसम्पादनका क्रममा कुनै पनि दलको आस्था वा प्रभाव देखिन नहुनेमा जोड दिए ।

उनले समितिका कामकारबाहीलाई निष्पक्ष र जनमुखी बनाउन आग्रह गर्दै संघीय संसद् सचिवालय र आफ्नो तर्फबाट आवश्यक सम्पूर्ण सहयोग सधैँ उपलब्ध रहने विश्वास दिलाए। 

भेटका अवसरमा नवनिर्वाचित सभापतिहरूले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्ण कुशलताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीहरूले संसद्का पुराना असल अभ्यासहरूलाई निरन्तरता दिँदै नवीन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात् गरेर समितिका गतिविधि अघि बढाउने बताए। उक्त भेटघाटमा प्रतिनिधि सभाका १० र संयुक्त दुई गरी कुल १२ वटा समितिका सभापतिहरूको उपस्थिति रहेको थियो।

0 Comments