२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकता कायम गर्दै महाधिवेशनतर्फ उन्मुख हुने काँग्रेसको तयारी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै आगामी १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने प्रयास भइरहेको बताएका छन्।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न धारका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन्।

उनका अनुसार वर्तमान राजनीतिक अवस्था र पार्टीभित्रका जटिलताहरूलाई ध्यानमा राख्दै नेतृत्व तहले साझा समझदारी कायम गर्ने प्रयास गरिरहेको छ। यस प्रक्रियामा सबै पक्षलाई समेट्ने गरी महाधिवेशनसम्म पुग्ने लक्ष्य राखिएको उनले उल्लेख गरे।

सरकारप्रतिको पार्टीको भूमिकाबारे बोल्दै थापाले संविधान कार्यान्वयन, विधिको शासन र जनहितसँग सम्बन्धित विषयमा सकारात्मक सहयोग रहने, तर कमजोरी देखिएको स्थानमा तथ्यका आधारमा प्रश्न उठाउने नीति कायम रहेको बताए। आवश्यक परे वैकल्पिक सुझावसहित रचनात्मक आलोचना गर्ने उनले स्पष्ट पारे।

भदौ २४ मा भएको घटनासम्बन्धी विषयमा उनले निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग पुनः दोहोर्‍याए। साथै राज्यका निकायहरूले कानुनी मर्यादा पालना नगरे लोकतान्त्रिक प्रणाली कमजोर हुने जोखिम औँल्याउँदै सरकारलाई कानुनको पालना सुनिश्चित गर्न ध्यानाकर्षण गराएको बताएका छन्।

0 Comments