२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ अनिवार्य लागू हुने

अ+ अ-

काठमाडौँ । मेरिङदेन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार र व्यवहारिक शिक्षालाई जोड दिँदै प्रत्येक विद्यालयमा अनिवार्य रूपमा बगैँचा विकास गर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ। आगामी शैक्षिक सत्र २०८३ देखि यो व्यवस्था सबै विद्यालयमा लागू हुनेछ।

गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशनबाट संशोधित बजेट तथा कार्यक्रममार्फत स्वीकृत उक्त अवधारणा वातावरण संरक्षण, पोषणमैत्री शिक्षा तथा प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि सारिएको हो।

गाउँपालिका अध्यक्ष युकहाङ विर हांगाम (डम्बर) का अनुसार आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम अन्तर्गत समेटिएको यो योजना प्रधानाध्यापकहरूको चैत २२ गतेको बैठकको निर्णयअनुसार कार्यान्वयनमा जाने तयारीमा छ। नयाँ शैक्षिक सत्र सुरु हुने बित्तिकै प्रत्येक विद्यालयले आफ्नो परिसरभित्र बगैँचा स्थापना र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको प्रभावकारिता बढाउन गाउँपालिकाले प्रतिस्पर्धात्मक मूल्यांकन प्रणाली समेत लागू गर्ने भएको छ। उत्कृष्ट बगैँचा विकास गर्ने विद्यालयलाई आगामी असारको दोस्रो साता सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।

पुरस्कार संरचनाअनुसार प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो स्थानमा पर्ने विद्यालयलाई २० हजार रुपैयाँ प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

स्थानीय तहले यस कार्यक्रममार्फत विद्यार्थीमा कृषि, हरियाली तथा वातावरणप्रतिको रुचि अभिवृद्धि हुने र विद्यालय परिसरलाई थप व्यवस्थित तथा आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

0 Comments