२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ प्रवेश नाकामा मोबाइल प्रयोगशालाबाट तरकारीमा जीवनाशक विषादी अवशेष परीक्षण

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ भित्रिने फलफूल तथा तरकारीमा जीवनाशक विषादी (पेस्टीसाइड) अवशेषको अवस्था निगरानी गर्न आकस्मिक अनुगमन तथा परीक्षण गरेको छ।

केहीदिन अघि विभागले राति १०:०० बजेदेखि बिहान ४:०० बजेसम्म थानकोट (नागढुङ्गा) नाका हुँदै काठमाडौँ भित्रिने तरकारी बोकेका सवारी साधनहरूमा अनुगमन गरेको हो। सो क्रममा २७ वटा सवारी साधनबाट विभिन्न तरकारीका कुल ४२ नमुना संकलन गरिएको थियो।

अनुगमनका क्रममा काउली, बोडी, करेला, फर्सी, गाजर, सिमी, टमाटर, काँक्रो, घिरौला, बन्दा, हरियो प्याज, भान्टा, लौका र चिप्ले भिन्डी लगायतका तरकारीहरूको नमुना परीक्षण गरिएको विभागले जनाएको छ। यी तरकारीहरूको स्रोत मकवानपुर, धादिङ, चितवन, रौतहट, नवलपरासी लगायतका जिल्लाहरू रहेको तथा कालीमाटी, जडिबुटी, ग्वार्को, बानेश्वर, बागबजार र बल्खु लगायतका बजारमा आपूर्ति हुने गरेको पाइएको छ।

संकलित नमुनाहरू मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत आरबिपिआर (र्‍यापिड बायोएसे अफ पेस्टीसाइड रेसिड्युज) विधिबाट परीक्षण गरिएको हो। परीक्षण नतिजा अनुसार विस्तृत विश्लेषण प्रक्रियामा रहेको जनाइएको छ।

विभागले यस्ता नियमित तथा आकस्मिक अनुगमनहरू खाद्य सुरक्षालाई सुनिश्चित गर्न र उपभोक्ताको स्वास्थ्य संरक्षणका लागि निरन्तर सञ्चालन गरिने जनाएको छ।

0 Comments