२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा यार्सा संकलन सुरु

अ+ अ-

काठमाडौँ । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ ।

यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो ।

यार्सागुम्बा समुन्द्री सतहको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा संकलन हुन्छ ।

यार्सा संकनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबास गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरू लेक पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)ले शुल्क लिएर यार्सागुम्बा संकलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए ।

कार्यालयहरूले यार्सा संकलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । संकलनका क्रममा हुनसक्ने जोखिम, चोरी सिकारी, वन डढेलो, अवाञ्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ ।

थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा संकलन पुर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए । उनका अनुसार स्थानीयलाई तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई रु सात हजार शुल्क उठाउने गरिएको छ ।

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठुलो सरे र सानुसरेलगायतका लेकमा यार्सा संकलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् ।

थासाङको बतासेमा पनि संकलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई रु एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई तीन हजार शुल्क तोकेको छ ।

थासाङको कुञ्जो लेकमा पनि यार्सा संकलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन अनुमति दिने तयारी गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिए ।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा संकलनका लागि रु. चार हजार र सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति छ हजार शुल्क तोकेको छ ।

वारागुङ मुक्ति क्षेत्र-१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा संकलन फुकुवा गर्ने तयारी गरेको छ ।

मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरूमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए ।

यार्सा संकलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा रु तीन हजार एक सय रुपियाँ राजश्व बुझाउनु पर्ने नियम छ ।

0 Comments